सोसल मिडिया
सम्पर्क
युनिकोड
कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । केन्द्रमा आज बिहान उज्यालो नहुँदै चोरी भएको भन्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भिडियो सार्वजनिक गरेका छन् ।
मन्त्री पुनले सार्वजनिक गरेको भिडियोमा आविष्कार केन्द्रभित्र छिरेका एक व्यक्तिले त्यहाँ भएको कम्प्युटरजस्तो देखिने सामान उठाएर हिँडेका छन् ।
भिडियो र तस्वीर सार्वजनिक गरेका मन्त्री पुनले भनेका छन्, ‘यो चोरलाई चिन्नुहुनेहरूले ९८४१५९२३६१ मा खबर गरिदिनुहोला । यसले कीर्तिपुरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरेको छ । बिहान उज्यालो हुनुभन्दा अगाडि आविष्कार केन्द्रभित्र झ्यालबाट पसेर चोरेको सीसीटीभी भिडियो हेर्नुहोस् ।’