दैनिक ज्यालादारी कर्मचारीलाई हटाउने निर्णयको विरोधमा कार्यालयमा तालाबन्दी

मंगलबार, मंसिर १, २०८३

बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीले सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी गरेको हो ।

उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई हटाउने निर्णयको विरोधमा संघर्ष समितिले आन्दोलन थालेको हो । सोही क्रममा मंगलबार कार्यालयको मूल गेटमा ताला लगाउनका साथै ज्यालादारी कर्मचारीले धर्ना दिएका छन् ।

उनीहरूले दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्न, ०८३ कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्म्समा सुधार गर्न माग गरेका छन् ।आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार मंसिर १ देखि ७ गतेसम्म कार्यालयको मूल गेटमा तालाबन्दी र धर्ना दिइने ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीका संयोजक सुरज पासवानले जनाए ।

आयोजनामा विभिन्न पदमा कार्यरत २४४ जना ज्यालादारी कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्