सोसल मिडिया
सम्पर्क
युनिकोड
तिहारपछि खुलेको सेयरबजारको पहिलो कारोबारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ६.३२ अंकले घटेर २६४८.८९ विन्दुमा झरेको हो।
यस दिन ३ अर्ब ५ करोडको मात्र किनबेच भयो। कुल ७८ लाख ४४ हजार कित्ता किनबेचमा उक्त परिमाणको कारोबार भएको हो। शुक्रबार ११० वटा सेयर बढ्दा १६० वटा घटेको र ९ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
यस दिन सेयरहरु अधिकतम ७.५६ प्रतिशतसम्म बढेका र ९.५६ प्रतिशतसम्म घटेका छन् भने कुल ४० करोडसम्मको कारोबार भएको छ। शुक्रबार विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, निर्जीवन बीमा बढे पनि बाँकी समूह घटेका छन्।