तिहारपछि खुलेको नेपाली बजारले सुनलाई गरेन स्वागत, सुनको भाउमै पहिरो

शुक्रबार, कात्तिक २७, २०८३

तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेर दुई लाख ७१ हजार सात सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला एक सय ५५ रुपैयाँले घटेर तीन हजार सात सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्