Tihar Banner
Tihar Banner

चाडपर्वका नाममा अश्लील तथा विकृत गतिविधि गर्नेलाई गृहमन्त्रीले गोर्खेलौरी लगाउने

मंगलबार, कात्तिक २४, २०८३

गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसीभैलो खेल्ने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिने स्पष्ट पारेका छन् ।

‘चाडपर्वको नाममा हुने अश्लील तथा विकृत गतिविधिप्रति गृह मन्त्रालय पूर्ण रूपमा गम्भीर छ। हाम्रो मौलिक परम्परा र सांस्कृतिक मर्यादालाई आँच आउने गरी देउसीभैलो मनाउने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुनबमोजिम निर्ममतापूर्वक नियन्त्रण गरिनेछ,’ उनले भनेका छन् ।

यस्ता गतिविधि देखिए तत्काल प्रहरीको १०० नम्बरमा खबर गर्न पनि उनले सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘हामी आफ्नो संस्कार जोगाउन प्रतिबद्ध छौँ,’ गुरुङले भनेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  २१:०९
प्रतिक्रिया दिनुहोस्