सरकारले आईजीपी पद खोसिदिएपछि दानबहादुर पुगे रामशाहपथ

बिहीबार, कात्तिक १९, २०८३

नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका छन्।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर सर्वोच्च अदालत पुगेका हुन्। रिट लिएर अदालत पुगेको र थप कानुनी प्रक्रिया अघि बढिरहेको उनले बताएका छन्।

सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उनको स्थानमा एआईजी मनोजकुमार केसी आईजीपी नियुक्त भई कार्यभार सम्हालिसकेका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्