स्टाफ कलेजको कार्यकारी निर्देशकमा विद्यावारिधि प्यारो, दवाडीको आँखामा छारो 

मंगलबार, कात्तिक १०, २०८३

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको (स्टाफ कलेज)को कार्यकारी निर्देशकमा पूर्व सचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्। घिमिरे गत फागुनमा ५८ वर्ष पूरा भएपछि घर गएका थिए । सचिवबाट अवकाश पाएको आठ महिनामै उनले सरकारी घोडा पाएका हुन् ।

घिमिरेले पालैपालो अर्थ मन्त्रालयको सचिव र राजस्व सचिव चलाए । त्यस्तै राष्ट्रपति कार्यालयको सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिव हुँदै अवकाशका बेला वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको भूमिकामा काम गरेका थिए ।

स्टाफ कलेजको कार्यकारी निर्देशकमा घिमिरे सहित पूर्वसचिवहरू डिल्लीराम शर्मा, गोकर्णमणि दुवाडी र बाबुराम अधिकारी प्रतिस्पर्धामा थिए । गुल्मेली घिमिरेले कार्यकारी निर्देशक पड्काउदा पूर्व गृह सचिव गोकर्ण सिफारिश सूचीमा समावेश हुने तीन जनामै पर्न सकेनन् ।धादिङ्ग घर भएका दुवाडीले रास्वपाको हाई भोल्टेजको पावर लगाउन खोजेपछि त्यसले पार लागेन ।जेनाजी आन्दोलनको दमनकारीको बिल्लाले दुवाडीलाई तगारो हालिदिएको हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १७:३१
प्रतिक्रिया दिनुहोस्