सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

सोमबार, कात्तिक ९, २०८३

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै उनीहरूको नियुक्तिका सम्बन्धमा कुनै उजुरी भए प्रमाणसहित पेस गर्न सर्वसाधरणलाई आह्वान गरेको हो।

समितिले प्रस्तावित न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकण डाँगीका बारेमा कुनै उजुरी भएमा १० दिनभित्र संसद सचिवालयमा दर्ता गराउन सूचित गरेको छ।

उनीहरु न्यायाधीश पदका लागि योग्य नरहेको वा नियुक्तिका लागि अनुपयुक्त हुने कुनै आधार र प्रमाण भए स्पष्ट आधार तथा प्रमाणसहित उजुरी दिन सकिनेछ।

उजुरीकर्ताले आफूले पेस गरेको उजुरीको आधार र प्रमाण खुलाउनुपर्नेछ। समितिले उजुरीमाथि आवश्यक अध्ययन तथा छानबिन गरी संसदीय सुनुवाइको प्रक्रिया अघि बढाउनेछ।

सुनुवाइ समितिले अनुमोदन गरेमा नियुक्तिका लागि योग्य हुनेछन्। सर्वोच्चका लागि प्रस्तावित चारै जना उच्च अदालतको न्यायाधीशबाट सिफारिस भएका हुन्। उनीहरुलाई वरियता मिचेर सिफासिस गरिएको भन्दै न्याय परिषदमा विवादसमेत भएको छ।sunuwai-1792998135.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १२:४७
प्रतिक्रिया दिनुहोस्