सोसल मिडिया
युनिकोड
रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैंकका खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ र हिमालयन बैंक तथा लक्ष्मी सनराइज बैंकमा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ ।