सर्वोच्च अदालतले पाउने भयो चार नयाँ न्यायाधीश, नियुक्तिका लागि सिफारिसमा को-को परे ?

मंगलबार, असोज २०, २०८३

सर्वोच्च अदालतले चार नयाँ न्यायाधीश पाउने भएको छ। न्याय परिषद्ले सर्वोच्च अदालतमा नियुक्तिका लागि ४ न्यायाधीशको नाम सिफारिस गरेको हो । 

उच्च अदालत पोखराका मुख्यन्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी सर्वोच्चमा नियुक्तिका लागि सिफारिस गरेको हो। 

न्यायाधीशमा सिफारिश चारै जनाको अब संसदीय सुनुवाइको प्रक्रिया अगाडि बढ्नेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनीहरू सर्वोच्च अदालतमा नियुक्त हुनेछन्। 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्