कांग्रेस महाधिवेशनको बन्दसत्रमा गगनको राजनीतिक प्रतिवेदन छताछुल्ल 

सोमबार, असोज १९, २०८३

नेपाली कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। 

काठमाडौंको खुलामञ्चस्थित महाधिवेशन उद्घाटन स्थलमै बन्दसत्र सुरु भएको हो। बन्दसत्रमा सभापति थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’ शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। 

कांग्रेस महाधिवेशन आइतबार उद्घाटन भएको थियो। आज बन्दसत्रमा सभापति थापाले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुनेछ। 

सोमबारदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। सोमबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ। 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १४:१४
प्रतिक्रिया दिनुहोस्