सोसल मिडिया
युनिकोड
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् ।
नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भए/गरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ ।
आजको बैठकमा गएको संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षाका साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिकाबारे ओलीले विशेष निर्देशन दिने बताइएको छ । ओली दलको बैठक डाकेर कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा नजाने भएका छन्।