सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

शुक्रबार, असोज १६, २०८३

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४५० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्