सोसल मिडिया
युनिकोड
स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । मंगलबार सुनको मूल्य तोलामा तीन हजार ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुनको मूल्य तोलामा दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।