सोसल मिडिया
युनिकोड
आज (मंगलबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको हो।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। आज बस्ने बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्दैछ। प्रशासन तर्फका एक जना र प्राविधिक तर्फका एक जना गरि दुई सचिवको बढुवा हुनेछ। त्यस्तै केही सचिवको सरुवा हुने समेत बुझिएको छ।
नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि असोज ५ गते बसेको बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो।
आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा अघिल्लो सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिव आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो। प्रशासन तर्फ आभा सचिवमा बढुवा हुने सम्भावना छ। सरकारले यस अघि पहिलो नम्बरमा सिफारिस गरिएका सहसचिव नै बढुवा गरि आएको नजिरलाई आभा सचिव हुने देखिएको छ।
त्यस्तै, प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिव सिफारिशमा परेका छन्। हिजो सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो। आजको बैठकले कर्माचार्यलाई सचिव बढुवा गर्नेछ। सम्भवत उनको पदस्थापन उर्जा मन्त्रालयमा हुनेछ।
त्यस्तै आजको बैठकले संघीय निजामती विधेयक उपर समेत निर्णय गर्दैछ।