सेयर बजार सामान्य अंकले बढेर बन्द हुँदा कति भयो कारोबार ?

बिहीबार, असोज १५, २०८३

सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ।  बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेको हो।यसदिन ३५३ वटा स्क्रिप्सको १ करोड २० लाख ६५ हजार  ५५५ कित्ता सेयर ४ अर्ब ८९ करोड १८  लाख  ७६ हजार  ३२५ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १३९ वटा स्टक्सको मूल्य बढ्दा १२८ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। 

सिन्धु विकास बैंकको सेयर सर्वाधिक १०.८१ प्रतिशतले बढ्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ९.३५ प्रतिशतले बढ्दा इनर्जी नेपालको ७.७१,माथिल्लो मैलुङ खोला जलविद्युतको ७.५८  र हावथे इन्भेस्टमेन्ट नेपालको ६.०६ प्रतिशतले बढ्यो। सयपत्री हाइड्रोपावरको सेयर ९.६६ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्षस्थानमा रह्यो। सो बैंकले ३० करोड ५३ लाख मूल्य बराबरको कारोबार गर्यो। 

अपी पावरले २२ करोडको सेयर कारोबार गर्दा हाथवे इन्भेस्टमेन्ट नेपालले २१ करोड,घलेमादी हाइड्रोपावरले १८ करोड र रिलायन्स स्पिनिङ्ग मिल्सले १४ करोडको कारोबार गरे।

चार समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,डेभलपमेन्ट बैंक,फाइनान्स र हाइड्रोपावरको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक घटेका हुन्।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्