सोसल मिडिया
युनिकोड
गएराति पक्राउ गरिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई घर पठाइएको छ।
पक्राउको १२ घण्टापछि राणालाई परिवारको जिम्मा लगाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उमेश कार्कीले जानकारी दिए।
राणालाई उनका छोराको जिम्मा लगाइएको हो। प्रहरीले राणामाथि असुरक्षा बढेकाले प्रहरी कार्यालय ल्याउनु परेको तर्क गरेको छ। अब परिवारको जिम्मा लगाएपछि राणालाई घरमै सुरक्षा दिइने कार्कीले बताए।
विना अभियोग र पक्राउ पुर्जीविनै राणालाई नियन्त्रणमा लिएपछि सरकारमाथि चौतर्फी प्रश्न उठेको छ। राणालाई असुरक्षा भएकाले कार्यालयमा ल्याइएको भन्ने दाबीलाई धेरैले हास्यास्पद मानेका छन्।
उनलाई मध्यराति किन पक्राउ गरियो? उनी विरुद्ध के उजुरी थियो? भन्नेबारे प्रश्न उठेको छ।
राणाको अवस्था बुझ्न गएको राष्ट्रियमा मानव अधिकार आयोग रित्ता हात फर्किएको छ। आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा गएको टोली करिब एक घण्टा प्रहरी कार्यालयको गेटमा बसे पनि भित्र जना नदिइएपछि आयोगको टोली फर्किको थियो।