चोलेन्द्रलाई चिथोर्न खोज्ने वालेन्द्र सरकार ‘ब्याक’, छोड्ने बहानाको धुरन्धर खोजी 

आइतबार, असोज ११, २०८३

शनिवार राति प्रहरीको फन्दामा परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि छाड्ने तयारी गरेको छ। 

प्रहरीले उनलाई पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएपछि प्रहरी कार्यालयमा ल्याएर राखेको दाबी गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार मध्यराति उनलाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा लगि सोधपुछ गरिएको छ। उनका कतिपय गतिविधि शंकास्पद देखिएको भन्दै त्यसरी सरकारकै निर्देशनमा पक्राउ गरिएको स्रोत बताउँछ। 

तर, प्रहरीले पक्राउ नगरिएको दाबी गरेको छ। एसएसपी सन्तोष खड्का सुरक्षा थ्रेटका कारण उनलाई घरबाट प्रहरीको कार्यालयमा ल्याइएको बताए । ‘उहाँलाई पक्राउ गरिएको होइन, सुरक्षा थ्रेटको सूचना आएपछि हामीले ल्याएका हौैं,’ उनले भने तर, यसरी सुरक्षा थ्रेट भएका व्यक्तिलाई घरबाट प्रहरी कार्यालयमा लैजाने अभ्यास विगतमा छैन। उनीविरुद्धको मुद्दा कमजोर हुने विश्लेषणपछि छाड्न लागिएको स्रोत बताउँछ। 

पूर्वप्रधानन्यायाधीशलाई बिना पक्राउ पूर्जी पक्राउ गरिएको विषयमा प्रश्न समेत उठ्न थालेपछि प्रहरी ‘ब्याक’ भएको छ। स्रोतका अनुसार केही बेरमै  उनलाई आफन्तको जिम्मा लगाउन लागिएको छ । प्रधानमन्त्रीको ठाडो आदेशलाइ उनलाई समातिएको थियो। 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १२:३०
प्रतिक्रिया दिनुहोस्