अमेरिकाले नेपाललाई ३ करोड १० लाख डलर किस्तीमै राखेर दिने 

बिहीबार, असोज ८, २०८३

अमेरिकाले नेपाललाई ३ करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्यु योर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिएकी हुन् ।

उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका निम्ति १ करोड  डलर प्रदान गर्ने योजना रहेको बताइन् । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरिन् ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्