गृहमन्त्री गुरुङले दुई सहसचिव चलाए, कोईराला तानेर निरौलालाई चान्स दिए

बुधबार, भदौ ३१, २०८३

गृहमन्त्री सुधन गुरुङले दुई सहसचिवको जिम्मेवारी हेराफेरी गरेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव प्रदीपकुमार कोइरालालाई गृह मन्त्रालयमा तानेका छन् ।

उनलाई तानेर सहसचिव बलराम निरौलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। निरौला मन्त्रालयमा थिए । कोइरालाको घर जाने दिन पनि नजिकिँदो छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १६:४१
प्रतिक्रिया दिनुहोस्