एक दर्जन सहसचिवलाई सामान्य प्रशासन मन्त्रालयको जगेडामा खाँदियो 

बुधबार, भदौ ३१, २०८३

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह (जगेडा)मा १२ जना  सहसचिव थुप्रिएका छन् अवकाशको मुखमा रहेका सहसचिवहरू तुलसीनाथ गौतम, जयकुमार घिमिरे, रूद्रप्रसाद लामिछाने र सुशील ढकाल सहितका एक दर्जन सहसचिव बरण्डामा पुगेका हुन्। बरण्डामा पुगेका मध्येका केही दुई हप्तादेखि पुग नपुग ३ महिनाभित्र अवकाशमा जान लागेका हुन्। 

सहसचिव वेदप्रसाद खरेल, कृष्णबहादुर शाही, शंकरहरि आचार्यको डेढ वर्ष र युगराज पाण्डे यस अघि नै बरण्डामा पुगेका थिए। आठ जना मन्त्रालयको अतिरिक्त समूहमा बराल्लिएकै बेला सरकारले फेरी थप ४ जनालाई जगेडामा खटाएको छ। 

मंगलवार सार्वजनिक भएको सहसचिव सरुवा सूची अनुसारका अन्य ४ सहसचिव जगेडामा पुगेका हुन्। १४ सहसचिवको सरुवा हुँदा ४ जनालाई बरण्डामा धकेलिएको हो।  आठभाईलाई साथ दिन पुगेका चारजनामा गोविन्दप्रसाद अधिकारी, पुष्पराज शाही, भुपेन्द्र थापा र चिरन्जिबी पौडेल छन्। 

केही सयम पहिले अखियार सरुवा गरिएका अधिकारीले त्यहाँ पाईलो नटेक्दै बरण्डामा थन्किनु परेको छ। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १३:०२
प्रतिक्रिया दिनुहोस्