सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिव सिफारिस

शुक्रबार, भदौ २६, २०८३

लोकसेवा आयोगका अध्यक्ष माधव बेल्वासेको अध्यक्षमा बसेको बढुवा समितिको बैठकले तीन जना वरिष्ठ सहसचिवलाई सचिव बढुवाको सिफारिस गरेको छ ।

सचिव बढुवाका लागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठको नाम सिफारिस भएको हो। 

शुक्रबार बसेको बढुवा समितिको बैठकले सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको हो। 
 
अब बस्ने मन्त्रिपरिषद्को बैठकले एक नम्बरमा रहेका कालीलाई सचिवमा बढुवा गर्नेछ। अहिलेसम्म पालो नमिचिएको हुँदा पराजुली नै सचिवमा बढुवा हुने पक्का छ । 

तेस्रो नम्बरकी आभा प्रधानमन्त्री बालेन्द्रको लखेट्याईमा परेका पूर्व सचिव कृष्णहरि पुष्करकी श्रीमती हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १८:२५
प्रतिक्रिया दिनुहोस्