विनोद र उत्तरलाई सरकारले सचिवमा उकाल्यो, कता-कता खटायो ?

बिहीबार, भदौ २५, २०८३

आज बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय विनोदकुमार कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको छ।

कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्रीलाई सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

कुँबर समावेशी आयोगमा र खत्री अर्थ मन्त्रालयमा थिए । कुँबरले १० महिनामात्र सचिव चलाउनेछन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १७:०५
प्रतिक्रिया दिनुहोस्