कर्मचारीलाई धारे हात लगाउने र उद्योगीको पाता कस्ने मन्त्री आफैं यसरी थान्को लागिन् 

बिहीबार, भदौ २५, २०८३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन् । 

मन्त्री यादव ग्यासको अभावलाई समाधान गर्न नसकेपछि हिजो दिएको सार्वजनिक अभिव्यक्तिपछि विवादमा आएकी थिइन् । यसलगत्तै बिहीबार उनले राजीनामा दिएकी हुन् । प्रधानमन्त्रीले बर्खास्त गर्छु भनेपछि उनले बर्खास्त हुन बाट जोगिन राजीनामा दिएको मन्त्रालयको उच्च श्रोतले बतायो। 

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै  प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । उनले कर्मचारीमाथि पनि धारे हात लगाएकी थिईन। पाता फर्काउने कुरा गरेको २४ घण्टा नबित्दै उनले मन्त्री पदबाटै हात धुनु परेको छ। 

गत २०८२ चैत २७ गते उद्योगमन्त्री बनेकी यादव ५ महिना पूरा हुन लाग्दा राजीनामा दिएर हिँडेकी हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्