सोसल मिडिया
युनिकोड
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले अनुसन्धान अधिकृत केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ सोही हैसियतमा लाभ एवं सुविधा लिएको उनीमाथि आरोप छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा कैद र जरिवाना सजायको माग गरिएको आरोप पत्रमा उल्लेख छ।