जेनजी आन्दोलनका सहिदको अनुहारमा अपमान, गृहमन्त्री लुरुलुरु रित्तै फर्किए

बुधबार, भदौ २४, २०८३

अघिल्लो भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएका सहिदको सालिक निर्माणमा क्रममा जथाभावी भएको रहस्य खुलेको छ। 

परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि जेनजी आन्दोलनका सहिदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ। ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा निर्मित ४५ जनाको सालिकमा सहिदको अनुहार मेल नखाएको परिवारले जनाएका छन्।

परिवारको अडानपछि कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री सुधन गुरुङ सालिक अनावरण नगरी फर्किएका छन्। गृहमन्त्री सहितका मन्त्री र सांसद एकसरो घुमेर फर्किएका छन्। 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्