नेपाल घर गएपछि सचिव बढुवा सूचीमा खत्रीको नाम चढ्यो 

बिहीबार, भदौ १८, २०८३

लोकसेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेलबासेको अध्यक्षतामा बसेको बढुवा समितिले सचिव बढुवाका सहसचिवहरू नारायणप्रसाद भट्ट, बिनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीको नाम सिफारिस भएको छ।

सचिव बढुवाका लागि एक नम्बर नारायणप्रसाद भट्ट, दुई नम्बरमा बिनोदबहादुर कुँवर र तीन नम्बरमा उत्तरकुमार खत्रीको नाम सिफारिस भएको हो। यसअघि सचिव बढुवाका लागि श्रीकृष्ण नेपाल, नारायणप्रसाद भट्ट र बिनोदबहादुर कुँवरको नाम सिफारिस भएको थियो। सिफारिस भएलगत्तै नेपाल अनिवार्य अवकाशमा गए। 

नेपाल बढुवा सिफारिश भएको भोलिपल्टै ५८ वर्षे उमेरको हदबन्दीका कारण घर गए। त्यसपछि बसेको बढुवा समितिको बैठकले भट्ट, कुँवर र खत्रीको नाम सिफारिश गरेको हो। भट्ट राष्ट्रिय सतर्कता केन्द्र, कुँवर राष्ट्रिय समावेशी आयोग र खत्री अर्थ मन्त्रालयमा कार्यरत छन्। 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्