टिमुरेमा कार्यरत भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो, परिवारले शव बुझे 

मंगलबार, भदौ १६, २०८३

रसुवाको टिमुरेमा कार्यरत भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन रहेका शर्माको शव त्रिशूली नदीको गोरखातर्फको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

शर्मा हुम्लाको ताजाकोट गाउँपालिका-२ का बासिन्दा रहेको जनाइएको छ। बाढीपछि उनी सम्पर्कविहीन भएका थिए। शवको पोस्टमार्टम प्रक्रिया पूरा भएपछि परिवारजनले बुझेर लगेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्