अनिश्चितकालका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्ने

मंगलबार, भदौ १६, २०८३

प्रतिनिधिसभाको बैठक भाद्र १७ गतेका लागि आह्वान हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै, भोलिको बैठकमा महाविपद्‍बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ ।

जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाब एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

१० भदौमा नै प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बस्ने तय भएको हो ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्