सोसल मिडिया
युनिकोड
लोकसेवा आयोगका कार्यबहाक अध्यक्ष माधव बेलबासेको अध्यक्षतामा बसेको सचिव बढुवा समितिको बैठकले सिफारिश गरेका तीन जना मध्येका एक नम्बरी सहसचिव घर गएका छन्। वरिष्ठ सहसचिव श्रीकृष्ण नेपाल ५८ वर्ष पूरा भएर भाद्र १५ गते अनिवार्य अवकाशमा गएका हुन्। बढुवा समितिले एक नम्बरमा सचिव बढुवा सिफारिस गरेको भोलिपल्टै नेपाल घर गएका हुन्।
नेपाल सँगै नारायणप्रसाद भट्ट र बिनोदबहादुर कुँवर क्रमश बढुवा सूचीमा समेटिएका थिए। नेपाल घर गएपछि भट्ट र कुँवर मध्ये एकजना सचिवमा बढुवा हुने बाटो खुलेको छ।
भट्ट २०७१ सालमा खुला प्रतिस्पर्धा र कुँवर आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। सचिव बढुवाको सिफारिसमा परेका भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत छन्। कुँवर राष्ट्रिय समावेशी आयोगको सचिवको भूमिकामा छन्। दुई नम्बरमा रहेका भट्ट सचिवमा बढुवा हुने पक्का छ। केपी ओली पछिल्लो पटक प्रधानमन्त्री हुँदा निजी सचिव रहेका कुँवरले सचिव हुन केही समय पर्खनु पर्ने भएको छ।