सोसल मिडिया
युनिकोड
भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले जारी गरेको आज (सोमबार) बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्।
विपद् प्राधिकरणका अनुसार हालसम्म रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी-पूर्वमा २०७, नवलपरासी-पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा शव फेला परेका हुन्
यस्तै सम्पर्कविहीनमा नेपाल प्रहरीका २५ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ३ जना, रसुवाका ८६५ जना, नुवाकोटका १५५८ जना, जलविद्युत् आयोजनाका ९३३ जना, मकवानपुरका ६५ जना छन्।
यसैगरी विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि अहिलेसम्म सम्पर्कविहीन छन्।
यस्तै आज बिहान ९ बजेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।