भोटेकोशी बाढीमा परेका ७५२ जनाको शव फेला, अझै पच्चीस सय जना सम्पर्कविहीन

आइतबार, भदौ १४, २०८३

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो १ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त सङ्ख्यामा शव फेला परेको हो ।

जसमा रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ भने अझै २ हजार ५०२ जना सम्पर्कविहीन छन् ।788240160_2801727780227059_7772861972252506024_n-1788080086.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १४:४०
प्रतिक्रिया दिनुहोस्