बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३५ पुग्यो, कुन जिल्लामा कति भेटिए ?

आइतबार, भदौ १४, २०८३

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७ सय ३५ पुगेको छ। प्रहरी प्रधान कार्यालयको पछिल्लो विवरणअनुसार हालसम्म दुई हजार ७ सय १५ जनाको उद्धार गरिएको छ।

८ वटा जिल्लाबाट ७ सय ३५  जनाको शव फेला परेको हो। रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३७, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका छन्। 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्