भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ७३४ पुग्‍यो, दुई हजार ४९८ जना अझै बेपत्ता

आइतबार, भदौ १४, २०८३

रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परेर हालसम्म ७३४ जनाको मृत्यु भएको पुष्टि भयो भने दुई हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। 

आइतबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको जनायो। 

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी २५९, नवलपरासी (पूर्व) मा १८४ र नवलपरासी (पश्चिम) मा ८२ शव फेला परेका छन् । त्यसैगरी गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परे। बाढीमा परेर घाइते भएका २४२ जनाको विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्ज भइरहेको प्राधिकरणले जनायो। 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १०:१२
प्रतिक्रिया दिनुहोस्