प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

बुधबार, भदौ १०, २०८३

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहीबार बिहान १ बजे बस्ने जानकारी दिएका थिए । तर, पछि संसद सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

संसद सचिवालयका अनुसार हालै आएको बाढी तथा पहिरोबाट उत्पन्न विपद्को परिस्थितिमा सरकारसँगै सभाका सदस्यहरू पनि राहत, उद्धार तथा व्यवस्थापनका कार्यमा संलग्न हुनुपर्ने भएकाले निर्धारित समयमा बैठक सञ्चालन गर्न नसकिने भएको हो ।

यसै कारण प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १८:४१
प्रतिक्रिया दिनुहोस्