देउवा र खड्काले दायर गरेको मुद्दाको सुनुवाई ११ गतेलाई तोकियो 

मंगलबार, भदौ ९, २०८३

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् । 

देउवाको तर्फबाट कांग्रेस नेता दीपक खड्का र खड्काको तर्फबाट अधिवक्ता श्रवणकुमारले सोमबार १५ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेस गरेका थिए ।

निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा सुरु गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ ।

रिटको सुनुवाइ ११ गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १३:२०
प्रतिक्रिया दिनुहोस्