सर्वोच्चबाटै गगनलाई ठिक पार्ने औजार बोकेर देउवा र खड्का रामशाह पथ पुगे 

सोमबार, भदौ ८, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन् । 

आज सोमबार देउवा र खड्का भिन्नाभिन्नै रिट लिएर सर्वोच्च पुगेका हुन् । वारेसमार्फत भिन्नाभिन्नै रूपमा पेस गरिएका यी रिटमाथि अध्ययन भइरहेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए । “रिट पेस भएको छ । दर्ता हुने/नहुने विषयमा अध्ययनपछि निर्णय हुन्छ,” प्रवक्ता कोइरालाले भने ।

गएको शुक्रबार (भदौ ५) यही विषयमा देउवाले दिएको रिट कार्यालय सकिने बेला ‘करेक्सन’ गर्ने भन्दै सर्वोच्चबाट फिर्ता लगिएको थियो ।

०८२ पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएको थियो । सर्वोच्चको संयुक्त इजलासले पनि त्यसलाई सदर गरेको थियो । तर, देउवा समूहकै निवदेनका आधारमा सर्वोच्च यसअघिको फैसला पुनरवलोकन अघि बढाइएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १३:२३
प्रतिक्रिया दिनुहोस्