सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र साह पोखरा प्रस्थान गर्दै गर्दा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भने आज शुक्रबार बिहान पोखरा पुगिसकेका छन्।
प्रधानमन्त्री बालेन पनि पोखरा जाने क्रममा यतिबेला बाटैमा छन्। त्यसअघि प्रधानन्यायाधीश शर्मा पोखरा पुगेका हुन्।
उच्च अदालत पोखराका प्रवक्ता निल पनेरुका अनुसार उनले भर्खरै जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालत भवनको निरीक्षण गरेका छन्। भोलि शनिबार शर्मा म्याग्दी, पर्वत, बागलुङ जाने कार्यक्रम छ।
प्रधानमन्त्री पोखरा आउने दिन नै प्रधानन्याधीश शर्मा आए पनि भ्रमण तालिकामा मुस्ताङ भने नसमेटिएको उनले बताए। प्रधानमन्त्री शाह चाहिँ पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रम तय भएको सुरक्षा स्रोतले बताएको छ। पोखरामा प्रधानमन्त्री र प्रधानन्यााधीशबिच भेटघाट हुन्छ कि हुँदैन भन्ने खुलेको छैन।