सोसल मिडिया
युनिकोड
जान्नेलाई छान्ने नारा दिएर भोट तान्ने काम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यतिबेला एकलौटी सरकार चलाईरहेको छ ।
दुई तिहाई हाराहारीको शक्तिशाली सरकारले गरेका कच्चा काम अदालतले भकाभक भत्काईदिन थालेको छ ।
अदालतले नेपाल वायुसेवाका अध्यक्ष महेश्वर भक्त श्रेष्ठ पदमुक्त गरिदिएको छ ।
उमेर विवादका कारण वायुसेवा निगमका अध्यक्ष महेश्वर पदमुक भएसँगै पशुपतिका सदस्यसचिव तीर्थ श्रेष्ठको हकमा पनि उक्त नजिर आकर्षित हुने देखिन्छ। तीर्थको उमेर विवादको विषय पनि रिट क्षेत्राधिकार मार्फत अदालतमा प्रवेश गरिसकेको छ। उक्त नजिर उनका हकमा पनि लागू हुन्छ।
पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ भन्ने उल्लेख छ। ८१ वर्षीय महेश्वरलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरलाई बनाएपछि सदस्य उपेन्द्रबदादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। महेश्वरको नियुक्ति उक्त मापदण्डविपरीत रहेको अदालतको ठहर छ। न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले उनको नियुक्ति बदर गरेको हो।
उक्त मापदण्ड पशुपति क्षेत्र विकास कोषको हकमा पनि लागू हुने देखिन्छ। कार्यकारी भूमिकामा नियुक्त भएका कोषका सदस्यसचिव तीर्थ ६७ वर्ष पूरा भइसकेका छन्। उनको पद पनि अदालतको पछिल्लो आदेशले धरापमा परेको हो। तीर्थको नियुक्ति पनि अदालतबाट बदर गर्ने सम्भावना बढेको छ।
छोटो अवधिमै आलोचनाको तारो बन्न पुगेको सरकार आफ्नै कारण मक्किन थालेको हो ।