सोसल मिडिया
युनिकोड
गृहमन्त्री सुधन गुरुङले भोट फिर्ता कसरी गर्ने भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा 'आफ्ना मतदातासँग जोक गर्न हुँदैन त ?' भनेर उल्टै प्रतिप्रश्न गरेका छन् ।
रास्वपाको आज बसेको संसदीय दलको बैठकपछि बाहिरिने क्रममा उनले त्यस्तो बताएका हुन् ।
गुरुङले भने, 'जोक गरेको हो । जोक गरेको विषयलाई त्यत्रो ठूलो बनाउने हो ?’ उनले थपे, ‘हामी भित्र बसेर गरेको सल्लाह जोक होइन त । हामी आफ्ना पार्टीका नेताहरूबीच बसेर गरेको कुरा ।’
गृहमन्त्री गुरुङ र गोर्खा १ का स्थानीयबीच संवाद हुँदा भोट फिर्ता लैजानुस् भनेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त अवसरमा गृहमन्त्रीले भनेका थिए, ‘म चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट लिएर जानुभए हुन्छ ।’