सांसदलाई दाउन रास्वपाले मिलायो चाँजोपाँजो, कार्यदल बनायो कस्नलाई काँजो

बुधबार, भदौ ३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरिएको छ। 

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए। उनका अनुसार, रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। 

कार्यदललाई आवश्यकताअनुसार, संसदीय दलको विधान संशोधन गर्न कार्यादेश दिइएको छ। त्यसका लागि सात दिनको समय दिइएको उपनेता पराजुलीले बताए। 

बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो राखेका छन्। 

पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनेर आलोचना भइरहेको छ। यसै सन्दर्भमा रास्वपाले सांसदसँग छलफल गरेको हो। सांसदले मनमौजी गर्न थालेपछि त्यसैलाई कस्न कार्यदल गठन गरेको हो। 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्