पार्टी सभापति चीन उड्नु अघि रास्वपाले डाक्यो केन्द्रीय कार्यसमितिको बैठक

मंगलबार, भदौ २, २०८३

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी सभापतिको निर्देशनअनुसार आगामी भदौ ५ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित ‘घण्टी घर’मा बैठक बस्ने भएको हो।

बैठकमा केन्द्रीय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि महामन्त्री विपिनकुमार आचार्यले सूचना जारी गरेका छन्। बैठकको कार्यसूचीबारे आवश्यक गृहकार्य भइरहेको र तयार भएपछि जानकारी गराइने रास्वपाले जनाएको छ। 

पार्टी र सरकारबीच दूरी बढ्दै गएको संकेतहरू देखिरहेका बेला बैठक बोलाइएको हो । संसद्‌मा पनि रास्वपा सांसदहरूको भूमिका सन्तोषजनक देखिएको छैन । सांसदको अनुपस्थितिका कारण विधेयकसमेत रोकिन पुगेको छ भने सांसदहरू पनि सरकारको लाइनभन्दा बाहिर प्रस्तुत हुन थालेका छन् । पार्टी सभापति रवि लामिछाने चीन जानु २ दिन अघि पार्टी बैठक बोलाईएको हो। 
 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १३:०५
प्रतिक्रिया दिनुहोस्