प्रधानमन्त्री वालेन्द्र भेट्न आजै तीन बजे भारतीय सेना प्रमुख सिंहदरबारमा प्रकट हुने

मंगलबार, भदौ २, २०८३

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनापति धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाह र सेठबीच आज दिउँसो तीन बजे सिंहदरबारमा भेटवार्ता हुने जनाइएको छ । 

सेठ आइतबार नेपाल भ्रमणमा आएका थिए । उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोमबार नै सेठले जंगी अड्डामा नेपाली सेनाका प्रमुख आशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा उनले जंगी अड्डामा वृक्षरोपणसमेत गरेका थिए ।आज प्रधानमन्त्री शाहलाई भेटेर उनी बुधबार स्वदेश फर्किने छन्। उनले आजै पशुपतिनाथको दर्शन पनि गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:५१
प्रतिक्रिया दिनुहोस्