प्रचण्डका कान्छा ज्वाइँ कोशीको पटके मन्त्री बन्दै, छोरीमाथि अख्तियारको सनासो 

सोमबार, भदौ १, २०८३

कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। 

लामो समयको विवादपछि नेकपाले मन्त्रीहरूको सूची टुङ्गो लगाएको हो । नेकपाले जीवन आचार्यको नेतृत्वमा कोशी प्रदेश सरकारमा मन्त्रीहरू पठाएको छ । आचार्य पार्टी अध्यक्ष प्रचण्डका कान्छा ज्वाई हुन्। प्रचण्डको स्वकीय समेत रहेकी कान्छी छोरी गङ्गा दाहालका कान्छा श्रीमान् आचार्य यसअघि पनि पटक-पटक मन्त्री भएका थिए। यता दाहालमाथि भने अख्तियारले छानबिन गरिरहेको छ। 

नेकपाका अनुसार मन्त्रीका लागि आचार्य सहित, गम्बु शेर्पा, खिनु लङ्वा मन्त्री हुने छन् । यस्तै सपना दर्जीलाई राज्य मन्त्रीको रूपमा पठाएको छ । मन्त्रालयका विषयमा थप छलफल गर्न संसदीय दलका नेता इन्द्र आङवो मुख्यमन्त्री निवास पुगेका छन् ।

सरकारमा पठाएका मध्ये जीवन र खिनु यस अघि पनि मन्त्री भइसकेका छन् । गम्बु र सपना भने नयाँ अनुहार हुन् । एक जना मन्त्रीको भन अझै टुङ्गो लाग्न सकेको छैन। मन्त्रीलाई आजै सपथ गराउने कार्यक्रम रहेको बुझिएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १३:४६
प्रतिक्रिया दिनुहोस्