कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलनले पारित गर्यो यस्ता पाँच प्रस्ताव 

आइतबार, साउन ३१, २०८३

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलन पाँच वटा प्रस्ताव पारित गरेको छ। साउन २९– ३१ मा सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीको १५औँ महाधिवेशन, संविधान संशोधन, धर्म र संस्कृति लगायतका पाँच प्रस्ताव पारित गरेको हो।

पार्टीको १५औँ महाधिवेशनको संयोजन पूर्वसभापति शेरबहादुर देउवाको निर्देशनमा पूर्व महामन्त्री डा शशांक कोइरालाले गर्ने निर्णय पारित भएको छ।

यस्तै राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने सम्मेलनको निर्णय छ। सनातन धर्मलाई राष्ट्रको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने सम्मेलनले प्रतिवद्धता जनाएको छ।

यस्ता छन् पाँच प्रस्ताव

१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।

२०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो। आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरूसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने।

नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ।

वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग सम्वाद गरि निकाश दिइने छ।

२०८३ श्रावण २० र २१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरूलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरूलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहनु हुनेछ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १५:१०
प्रतिक्रिया दिनुहोस्