विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले किन समात्यो ?

बुधबार, साउन २७, २०८३

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अघि साँझ छिप्पिएपछि उनलाई प्रहरीको जम्बो टोलीले घरबाटै नियन्त्रणमा लिएको हो । चारवटा गाडीमा पुगेका पाँच दर्जन प्रहरीले उनलाई समातेको पारिवारिक स्रोतको भनाई छ ।

आजै दिउँसो अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष र नेपाल पत्रकार महासंघका पूर्व महासचिव पनि हुन् ।

उपसभामुख रुवी कुमारीले ठाकुरले श्रेष्ठविरुद्ध आजै उजुरी दिएकी थिइन् । त्यस्तै सप्तरी ३ बाट निर्वाचित रास्वपा सांसद अमरकान्त चौधरीको उजुरीपनि परेको बताईएको छ। श्रेष्ठको सम्पादनमा हरेक बुधवार प्रकाशित हुने जनआस्था साप्ताहिक प्रकाशित भएकै दिन उनी समातिएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २२:२०
प्रतिक्रिया दिनुहोस्