पिएचडी सहसचिव भट्टराई बने संखुवासभाको सिडिओ, बैतडी मीनाले चलाउने

बुधबार, साउन २७, २०८३

गृहमन्त्रालयले दुई जिल्लाका सिडिओको सरुवा गरेको छ। बैतडी र संखुवासभामा नयाँ सीडीओ खटाईएको हो। 

बैतडीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएको ४ महिला नपुग्दै डा. डिजन भट्टराई संखुवासभा पुगेका छन्। बैशाख १ गते बैतडीको सिडिओमा हाजिर भएका भट्टराई भदौ लाग्ने बेलामा संखुवासभा पठाइएका हुन्। सहसचिव बनेर बैतडीको सिडिओ भएका भट्टराई उक्त जिल्लामा सहसचिवको दरबन्दी खारेज भएपछि संखुवासभा पुगेका छन्। 

संखुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याल देवानगंज गोली काण्डका बेला सुनसरी लगिएका थिए। भोजपुरमा जन्मेर झापामा हुर्किएका भट्टराई संखुवासभा पुगेपछि बैताडीको सिडिओमा भने गृह मन्त्रालयको प्रशासन हेर्ने मिना अर्याललाई पठाइएको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्