मिराकल पार्टी प्यालेसबाटै देउवा समूहले गगनलाई सोझै मिसाईल हान्ने 

बुधबार, साउन २७, २०८३

नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने भएको छ । कांग्रेसको इतर समूहको राष्ट्रिय भेला २९ देखि ३१ साउनसम्म हुनेछ । गगन थापा समुहको खेदो खन्न सो कार्यक्रम गरिने भएको हो। 

भेला आयोजक समितिमा रहेर काम गरिरहेका एक नेताका अनुसार पर्याप्त ठाउँ रहेको अर्को स्थान नभएकाले मिराकल पार्टी भेन्युमा कार्यक्रम गर्न लागिएको हो । सो कार्यक्रममा सहभागी हुन कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा भोलि स्वदेश फर्कदैछन्। 

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १२:३३
प्रतिक्रिया दिनुहोस्