दक्षिणका राजदूत संगको प्रधानमन्त्रीको भेट सकियो, उत्तरका राजदूतको पालो दिउँसो 

सोमबार, साउन २५, २०८३

प्रधानमन्त्री वालेन्द्र साहले भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेटेका छन्। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेर अघि भेटवार्ता सकिएको छ । दुवै तर्फका प्रतिनिधिहरु सहित भएको भेटवार्ता ४५ मिनेट चलेको थियो ।

दक्षिणका राजदूत संगको भेटवार्ता सकिएपछि चिनियाँ राजदूतको पालो छ  । आजै दिउँसो ३ बजेका लागि चिनियाँ राजदूतसँग भेटवार्ताको समय तोकिएको छ । यसअघि प्रधानमन्त्री शाहले सबै देशका राजदूतहरुसँग सामुहिक भेटवार्ता भएको थियो ।

सामूहिक रुपमा मात्र राजदूत भेट्ने घोषणा गरेका वालेन्द्रले आफ्नै घोषणालाई थान्को लगाएर एक्लाएक्लै राजदूत भेटेका हुन्। प्रधानमन्त्री वालेन्द्र र रास्वपा सभापतिको आईतबार लामो भेटवार्ता भएको थियो। 

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १२:०८
प्रतिक्रिया दिनुहोस्