सोसल मिडिया
युनिकोड
विपी कोइरालाले स्थापना गरेको कांग्रेसकै आदर्श बोकेर विपीका जेष्ठ पुत्र प्रकाश कोइरालासँग दोस्तीयारी भएका गोविन्द निरौला ६ तारे कांग्रेसको मूली छन् । नेपाल समाजवादी कांग्रेसले पार्टीको झण्डामा छ वटा तारा राखेको छ ।
सोलुखुम्बुमा जन्मिएर विराटनगरलाई वसोवासस्थल बनाएका निरौला कोइराला परिवारकै भित्रिया हुन् । विपीका अनुयायी निरौलाले चारतारे कांग्रेस त्यागेपनि विपीको पदचापमै हिडेर एक दशक अघिदेखि नेपाल समाजवादी कांग्रेस चलाइरहेकै छन् । पार्टीको भूँइकटर चुनाव चिह्न राखेका निरौलाले राष्ट्रिय राजनीतिमा गर्दै आएको विश्लेषण ठ्याक ठ्याकी मिल्ने गरेका छन्।
देशभक्ति र प्रजातन्त्रका मामिलामा खरो दरिएका निरौलाले दुई दिन अघि समाजिक सञ्जाल मार्फत केहि सल्लाह दिएका थिए ।
कांग्रेस सभापति गगन थापा र अध्यक्ष निरौलाको जन्मभूमि एउटै स्थानमा हो । उनले सल्लाह दिनु र कांग्रेसको बैठक बस्नु सँगसँगै भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठक चलिरहेको छ ।
निरौलाले लेखेको स्टाटस जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ -
नेपाली काग्रेसको लागि सुझाव ।
बिकल्प अघि सार्नुस, नफुट्नुस!
बिकल्प:- (१) केन्द्रीय समितिको बैठक बाट विशेष परिस्थितीमा गरिन आबश्यक भएको भन्ने निर्णय गरेर असन्तुष्ट नेताहरुलाइ केन्द्रीय सदश्यमा मनोनित गर्ने ।
(२) सहमती अनुसार डा. शाशंक कोइरालालाई कावा सभापती तोक्ने। र गगन थापा आफू अधिबेशन तयारीमा लाग्ने।
(३) सबै काग्रेस लाई १ पटक कृयाशिल सदश्य दिने।
(४) आगामी मंसिर पहिलो साता केन्द्रीय अधिबेशन गर्ने। अथवा
(५) बर्तमान सभापति गगन थापालाई नै सभापती मान्ने! चुनाव समितीमा पुर्णबहादुर खड्काहरुले भनेको मानिस संयोजक तोक्ने ! पुराना सबैलाई कृयाशिल सदश्य दिने। एकपटकको लागि पुराना सदश्यको सदश्यता नबिकरण गरिदिने। गाउँ जिल्ला हुँदै केन्द्रीय अधिबेशन गर्ने र श्वच्छ प्रतिस्पर्धधा गर्ने।
मेरो सुझाव हो अन्यथा लिनु आवश्यक छैन।